कमलनगर चोकमा आगलागी, आधा दर्जन पसल जले
चितवन/नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा विहान २ बजेदेखि विद्युत सर्ट भएर आगो लागेको हो ।
भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन्
आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर नष्ट भएका छन् ।
विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने नभएकोचितवनका प्रहरी प्रमुख नवराज अधिकारी जानकारी दिए ।
आगलागी बाट करोडौंको क्षति भएको भनिएपनि एकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ ।