जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गर्छौंः रेनु दाहाल
चितवन/भरतपुरको मेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनु भएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताउनु भएको छ ।
सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’
आम जननताको साथ र विश्वास मेरो जित्ने आधार उहाँले भन्नुभयो । कांग्रेसको बागी उम्मेदवारबाट आफूलाई कुनै असर नपर्ने दाबी दाहालको छ । उहाँले भन्नु भयो, ‘दोस्रो पटक उम्मेदवारी दर्ता गर्दा म निकै खुसी छु । मेरो जित सुनिश्चित छ ।’
उहाँ बहालवाला मेयरसमेत हुनुहुन्छ । फेरि उम्मेदवार बन्न उहाँले पदबाट राजीनामा दिनु भएको थियो ।
यसपटक उहाँको मुख्य प्रतिस्पर्धा एमालेका विजय सुवेदीसँग हुँदैछ ।