मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन
काठमाडौं/मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।
लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो ।
उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।