Breaking News

इच्छाकामना गाउँपालिकाका अध्यक्षसहित १९ जना जनप्रतिनिधीले राजिनामा दिए

चितवन/इच्छाकामना गाउँपालिकाका बहालवाला ३६ जना जनप्रतिनिधी मध्ये अध्यक्षसहित १९ जनाले पदबाट राजिनामा दिएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुनः दोहोरिने तयारीका साथ उनीहरुले शुक्रबार राजिनामा दिएका हुन्।

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधीले निर्वाचन लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने प्रावधान ल्याएपछि निर्वाचन लड्ने आकांक्षाका साथ अधिकांश जनप्रतिनिधिले राजिनामा दिएका हुन ।

जनप्रतिनिधीले राजिनामा दिएपछि गाउँपालिकाका कतिपय वडा नयाँ जनप्रतिनिधी नआउन्जेल खाली हुने अवस्था देखिएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले राजिनामा दिएका छन् ।

यस्तै वडा नं. १ का सबै जनप्रतिनिधीले राजिनामा दिएका छन्। जसमा वडाध्यक्ष नन्दलाल गिरी, सदस्य विक्रम चेपाङ, प्रेम बहादुर प्रजा र महिला सदस्य अन्जु चेपाङ , वडा नं. २ मा वडाध्यक्ष पञ्च बहादुर चेपाङ र सदस्य बुद्धिमान गुरुङले राजिनामा दिएका छन् भने वडा नं. ४ मा गाउँपालिका प्रवक्ता समेत रहेका वडासदस्य सावित्री गुरुङ र दलित महिला सदस्य सीता सुनारले राजिनामा दिएका छन्।

वडा नं. ५ मा वडाध्यक्ष मोदराज सिलवाल र वडासदस्य बलराम त्रिपाठी, वडा नं. ६ मा महिला सदस्य पार्वती गुरुङ, दलित महिला सदस्य परिमाया वि.क. र सदस्य राम बहादुर घर्तीका साथै वडा नं. ७ मा वडाध्यक्ष बम बहादुर थापा मगर, वडासदस्य गनिराज प्रजा, टेक बहादुर गुरुङ र दलित महिला सुकमाया सुनारले राजिनामा दिएका छन्।
वडा नं. ३ का कुनैपनि जनप्रतिनिधीले राजिनामा दिएका छैनन् भने वडा नं. १ सबै जनप्रतिनिधीले राजिनामा दिएका छन्।

sahid diwas