आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डौ/भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ ।
आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रि–मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै–कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । काठमाण्डौ उपत्यकामा पनि बेलुकापख पानी पर्ने सम्भावना रहेको छ ।