एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै

काठमाण्डौं/स्थानीय तहको निर्वाचनका लागि आज नेकपा (एमाले)लेघोषणा पत्र सार्वजनिक गर्दै छ ।

च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणा पत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

घोषणा पत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ ।

दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणा पत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणा पत्ररप्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।