बैंकिङ कसूरमा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ
काठमाण्डौं/बैंकिङ कसूर सम्बन्धी मुद्दामा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो।
गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।