आज छन्द दिवस

काठमाण्डौ/आज कविता विधामा प्रयोग हुने छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्रमा खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो ।

साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न साहित्य प्रेमीहरुले दिवसलाई महत्वका साथ मनाउने गर्छन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल हो । ्