स्थानीय तह निर्वाचनको तयारी तिब्र
काठमाण्डौं/निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरू केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ ।
आजको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उलङ्घन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक दल र नेताहरूले आचारसंहिता उलङ्घन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको जनाएको छ ।
यस्तै आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको पनि जानकारी दिनुभयो