कागतीको मूल्य अत्याधिक वृद्धि

चितवन/कागतीको उत्पादन घट्न जादा मूल्य अत्याधिक बढेको छ ।
चितवनमा गोटामा कागतीको मूल्य १५ देखि २५ रुपैयाँ पुगेको हो । भरतपुर तरकारी तथा फलफूल माण्डीका व्यापारी रामप्रसाद पोखरेलले कागतीको मूल्य अहिलेसम्मकै उच्च रहेको बताए । भारतीय कागतीले बजार धान्नुपर्दा मूल्य बृद्धि भएको पोखरेलले बताए । उनले भने, ‘अहिले नेपालमा उत्पादन नभएको कारणले भारतबाट कागती आयात गर्नु परिरहेको छ । त्यसकारणले मूल्य अहिलेसम्मकै उच्च भएको हो ।’

साथै पोखरेलले वर्गीकरण अनुसार कागतीको मूल्य निर्धारण गरिएको बताए । उनका अनुसार कागतीको मूल्य सानोको १५ र ठूलाको २५ रुपैयाँ रहेको छ । होलसेलबाट किलोको ३५० देखि ३७० सम्म गरिद गर्नुपर्दा मूल्य बढाउनु परेको उनले बताए ।

यसभन्दा अगाडि कागतीको मुल्य प्रति किलो २०० रुपैँयाँ थियो । अभावसँगै यसको मुल्य बढेर ३०० देखि माथि ४५० सम्म पुगेको हो ।