थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण पुनः सुचारु

काठमाडौँ/थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँ आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता गर्नुपर्ने निर्णयसँगै सुरुङ मार्ग निर्माण पुनः सुरु भएको हो 

sahid diwas