घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरी/रासस/महोत्तरीको मनरासिस्वा नगरपालिका–३ वनमा गएराति एक महिलाको शव फेला परेको छ ।

सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी हिजो बेलुकी घाँस काट्न वनमा जानु भएको र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

जाँचबुझ गर्दा उहाँको शरीरमा कुनै चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।