पाल्पामा बस हुँदा दुर्घटना दुई जनाको मृत्यु, चार जना घाइते

पाल्पा/बस दुर्घटनामा परेर पाल्पामा दुई जनाकोमृत्यु भएको छ भने चार जना बालबालिका गम्भीर घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस हिजो बेलुका सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो ।

दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले आज बिहान मृत घोषित गरेको हो ।

घाइते ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षका खिमबहादुर घर्तीको प्रभास तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।