केहि प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डौ/वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ का पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । 
मौसमविद् हिरा भट्टराईकाअनुसार यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

यस्तै, पानी नपर्दा तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।