आज चितवनमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

चितवन/आज (शुक्रबार) भरतपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गर्ने भएको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा ५० हजार बढी जनता सहभागि गराउने दाबी गरिएको छ । केन्द्रीय बस ट्रमिनलमा हुने आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण आमसभामा सहभागि हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो ।दिउसो १२ बजेदेखि आमसभाको औपचारिक कार्यक्रम सुरु हुने जनाइएको छ । आमसभालाई सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा। धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा नायिका रेखा थापा चितवन आउदै हुनुहुन्छ ।