प्रदेश १, बागमती र गण्डकीका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं/नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ को पहाडी भू–भागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।