भरतपुर महानगरको मेयरमा कांग्रेसबाट २५ जना आकांक्षी

चितवन/भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका २५ जना नेताले उम्मेदवारको लागि ले दावी प्रस्तुत गरेका छन् ।
पार्टी कार्यालय नारायणगढ कमलनगरमा स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका हुन् । भरतपुर महानगरको उपमेयरमा २४ जनाले मनोनयन दर्ता गरेका छन् ।

मेयर पदमा मनोनयन दर्ता गराउनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उप–मेयर पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मीनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्राडा केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सुर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन् ।

यस्तै, उपमेयर पदमा टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रबि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले दावी पेस गरेका नेपाली काँग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर आज सोमबार अपरान्न चार बजे सकिएको महानगर प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो ।