भक्तपुरको विस्का जात्रामा ढुंगामुढाः २० जनाभन्दा बढी घाइते

भक्तपुर/भक्तपुरको विस्का जात्रामा भैरबनाथको रथ तान्ने क्रममा क्रममा ढुंगामुढा हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार राति जात्राको क्रममा राति पौनो नौ बजेदेखि ढुंगामुढासमेत भएको थियो ।

ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने बिरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ ।