आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

काठमाण्डौं/आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमवार बिहान पहाडी भू(भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रही एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भेगको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागको मौसम सामान्य बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी भू(भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।