पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त हुँदा ४ संक्रमित थपिए

काठमाण्डौ/नोपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४८ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यही अवधिमा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।