पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भएका छन् ।