थप ७ जनामा कोरोना संक्रमण

काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् भने ५००९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।