चितवनका ४६ भूमिहीन दलित परिवारलाई लालपुर्जा

चितवन/चितवनका ४६ भूमिहीन दलित परिवारले पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार भरतपुर महानगरपालिका–२, आँपटारीका ४६ परिवार भूमिहीन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा प्राप्त गर्नेमा जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम विक ,रन माया सुनार ,सन्तबहादुर विक, स्यामबहादुर विश्वकर्मा, सुकराम कामी, चेलिमाया‘ विक, पालबहादुर विक, दिलबहादुर विक, माया‘ नेपाली लगायत रहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

दलितहरूलाई पूर्जा वितरण गर्दै प्रचण्डले ३६ सालमा भूमिहिनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको बताए । भूमिप्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहिनहरूलाई भूमिपति बनाउँन सरकार र आयोगका पदाधिकारीहरूलाई आग्रह गरे । भूमिहिनहरूले जग्गा धनी पूर्जा पाएसँगै भूमिहिनहरूको पक्षमा संविधानको कार्यान्वयन भएको बताउँदै यो सबैका लागि सुखद सुरुवात भएको समेत उनले बताए ।