देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना
काठमाण्डौ/आज देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेकोछ ।
केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ ।
अहिले देशभर भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव परेको छ । यसकै कारण देशका धेरै ठाउँको मौसम सामान्य बद्ली भएको छ । यसपालि ढिलो गरी प्रि मनसुनका गतिविधि सक्रिय हुँदा पानी पर्न नसकेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।