समाजवादी सम्बद्ध मुक्ति संगठनकाे जिल्लामा विश्वकर्मा र महानगरमा रम्तेलकाे नेतृत्व
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दलित मुक्ति संगठन चितवन जिल्ला कमिटी र मुक्ति संगठनकै भरतपुर महानगरपालिका कमिटी गठन भएकाे छ । संगठनकाे जिल्ला कमिटीमा कर्ण विश्वकर्माकाे नेतृत्वमा ३५ सदस्यीय र महानगर कमिटीमा जयराम रम्तेलकाे नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएकाे हाे ।
जिल्ला कमिटीकाे वरिष्ठ उपाध्यक्षमा विरेन्द्र रावत, उपाध्यक्षहरू तेज बहादुर हमाल, चुडामणि दर्जी, सचिवमा सराेज उपरकाेटी र काेषाध्यक्षमा राजु थापा(बाेहरा) नियुक्त भएका छन् । संगठनकाे जिल्ला कमिटी सदस्यहरूमा लाल बहादुर वि.क, एक बहादुर परियार, टेक बहादुर परियार, हिरा राेका, मंगल अच्छामी सुरज परियार, फुलमाया नेपाली, मुना नेपाली लगायत रहेका छन् ।
त्यसै गरि महानगर कमिटीकाे उपाध्यक्षमा देवी परियार, सचिवमा राजकुमार अछामी, सह-सचिवमा देवीलाल रिमाल र काेषाध्यक्षमा गणेश नेपाली चयन भएका छन् । महानगरकै सदस्यहरूमा रवि राेका, मनिषा मजाकाेटी, देव बयलकाेटी, कुमार रूचाल लगायत रहेका छन् । उक्त भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सूर्य शर्मा लामिछानेले मानिस भित्र दुई जात भएकाे तर समाजका मुठीभर मानिसकाे कारण दलित समुदाय जन्मिएकाे र अहिले पनि याे समुदाय माथि जातीय उत्पिडनमा कायम रहेकाे भन्दै यसकाे विरूद्ध एकजुट भएर लड्न आव्हान गरे ।
त्यसै गरि पार्टीका केन्द्रीय सदस्य तथा मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष चक्र रूचालले दलित माथिकाे विभेद अन्त्यका लागि लामाे समय देखि लड्दै आए पनि दलितकाे अवस्था उस्तै रहेकाे भन्दै चिन्ता व्यक्त गरे । दलित समुदाय माथि हुने गरेका हरेक घटना अक्षम्य रहेकाे भन्दै दलित समुदायले निर्णायक आन्दोलन गर्नु पर्ने र त्याे आन्दाेलनकाे नेतृत्व मुक्ति संगठनले गर्ने रूचालले बताए । भेलामा बाेल्ने वक्ताहरूले दलितकाे अपुराे आन्दोलन मुक्ति संगठनले पूरा गर्नु पर्ने बताएका थिए । आज पार्टीको चितवन जिल्ला कार्यलय भरतपुरमा भएकाे भेला पार्टीका जिल्ला उप-सचिव कर्ण बहादुर विश्वकर्माकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।