‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि सार्वजनिक विदा
काठमाण्डौ भोलि बिहीवार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।
यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।