करेन्ट लागेर रौतहटमा एक वृद्धको मृत्यु
रौतहट/करेन्ट लागेर रौतहटमा एक जना वृद्धको मृत्यु भएको छ । कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पठाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।
बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवले जानकारी दिए । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको छ ।