रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु

काठमाडौं/युक्रेनमा रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ ।