पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

तनहुँ/अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए ।
आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो 
प्रहरी सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।