चिनले अमेरिकालाई चेतावनी दिदै भन्यो, उपहारमा किन धम्कीको भाषा ?
फाल्गुन ११, २०७८
नेपालमा एमसीसीबारे संसदमा निर्णायक छलफल शुरु हुनु अघि मित्ररास्ट्र चीनले अमेरिकालाई पुनः कडा चेतावनी दिदै उपहारमा किन धम्कीको भाषा ? भन्दै ब्यङ्ग्य गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी अमेरीकी जनताको उपहार भए दबाब र अल्टिमेटम किन ? भन्दै प्रश्न गरेकी हुन।
अमेरिकाको नेपालस्थित दूताबासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा अल्टिमेटमको प्याकेज सहित उपहार कहिले देखि आउन थाल्यो, हामीलाई आश्चर्य लागेको छ ।
नेपालका राजनीतिक पार्टीहरुलाई संकेत गर्दै उनले भनिन यस्तो उपहार जो कसैले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भविष्यमा हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने उनको सुझाव छ ।
एमसीसीका नाममा अमेरीकाले नेपालमाथि ज्यादतीपूर्ण कुटनीति गरेको हुवाले उल्लेख गरिन् ।