१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ललितपुर/१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङ रहेका छन् ।

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।