आज छैटौं निर्वाचन दिवस

काठमाण्डौं/निर्वाचन आयोगले आज छैटौं निर्वाचन दिवस मनाउँदैछ । निर्वाचन आयोगले भोलिबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

“निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ दिवस मनाइँदै । २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस यसवर्ष फागुन तीन दिन फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भए अनुसार कार्यक्रमहरू भइरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
नेपालमा सर्वप्रथम वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा सक्रियताका साथ सहभागिता जनाउन आह्वान गर्नुभएको छ ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलता अनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवम् प्रशंसा गर्नुभएको छ ।