आज राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं/आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम मनाइँदैछ । नेपालमा २००७ फागुन ७ गते अर्थात् आजकै दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा हरेक बर्ष प्रजातन्त्र दिवस मनाइदै आइएको छ ।

विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदान दिएका थिए ।

प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहलाई मृत्युदण्ड दिइएको थियो ।