चितवनको राप्ती र काठमाडौँको गोकर्णेश्वर बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौँ/चितवन र काठमाडौँलाई सरकारले बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सरकारले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्दै रोग नियन्त्रण गर्ने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौँको गोकर्णेश्वर–३ स्थित गोविन्द मगरले पन्क्षी पालेको स्थान र चितवनको राप्ती–६ स्थित अनिता पशुपन्क्षी कृषि फार्मलाई केन्द्र मानेर उल्लेखित स्थानको वरिपरिको १०० मिटरसम्मको क्षेत्रमा पन्क्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिदेखि ४२ दिनको अवधिसम्मका लागि बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरिएको छ ,’ मन्त्री कार्कीले भने ।