सीता परियार बनिन दलित समुदायबाट पहिलाे महिला सिडियाे

काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । यस अघि परियार भक्तपुर जिल्लाकाे सहायक सिडियाे थिईन् ।