थप ५७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् भने थप ६ जनाको मृत्‍यु भएको छ । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् ।