स्थानीय तहको चुनावका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न सकिन
काठमाण्डौं/स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता सुरु गर्दैछ ।
आयोगले सूचना निकालेर आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि आजदेखि आउँदो १५ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ ।
निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने छ । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ ।
दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।