चितवन – नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) चितवनले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध चितवनमा पनि विराेध सभा गरेकाे छ । आज (आइतबार) दिउँसो एकीकृत समाजवादीले भरतपुरको चौबिसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ‘राष्ट्रको अस्मिता मेटाउन पाईँदैन, एमसीसी हामीलाई चाहिदैन’ भन्दै एमसीसीको विरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं भरतपुर महानगर कमिटी इन्चार्ज सूर्य लामिछानेले गण्डक, कोशी र टनकपुर सम्झौताको पीडा भोगिरहेको अवस्था एमसीसीको नाममा अर्को सम्झौता स्वीकार नहुने चेतावनी दिए । ‘हाम्रो नाकमा आज पनि गण्डक सम्झौता गनाईरहेको छ, कोशी सम्झौता कुहिरहेको छ, टनकपुर सम्झौता दुखिरहेको छ । अर्को एउटा क्यान्सर हाम्रो अगाडि आउन लागेको छ’, उनले भने ।
एमसीसी सम्झौता गरेर राष्ट्रको अस्मिता बेच्न नपाईने उनको भनाइ थियो । उनले भने,’राष्ट्रको सम्झौता मेटाउन पाइँदैन, लैजाउ तिम्रो एमसीसी हामीलाई चाहिँदैन ।’ सरकारमा बसेर सरकारकै विरोध गरेको भन्ने आरोपप्रति लक्षित गर्दै उनले भने, ‘साम्राज्यवादी, बिस्तारबादीको विरोध गर्दा तिमीहरुको मन किन दुखेको हो ।’
पार्टीका जिल्ला कमिटी उपसचिव एवं मोर्चा संगठन संयोजक नरेन्द्र कन्दङ्ग्वाले नेपालको संविधान समाप्त गर्नका लागि अमेरिकी सरकारले एमसीसीको प्रयोग गर्न खोजेको दाबी गरे । ‘नेपाली जनताको इच्छा र चाहनाले बनेको संविधान भित्र समाजवादी अर्थतन्त्र उन्मुख व्यवस्था गर्नुपर्छ भनेर अहिलेका नेताले एकताका साथ संविधान पास गरेका थिए । तर विश्वको पूँजीवादी देशहरुलाई नेपालको संविधान टाउको दु:खाई भएको थियो । त्यसैले नेपालको संविधानलाई कसरी हतियार बिना समाप्त गर्न सकिन्छ भनेर पैसाको लोभमा अमेरिकी सरकारले एमसीसीको प्रयोग गरेको छ, उनले भने, ‘एमसीसी लागु हुने बित्तिकै नेपालको संविधान समाप्त हुन्छ र अमेरिकी कानुन लागु हुन्छ ।’
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले एमसीसी पास गरेर चितवन आउने नेताहरुलाई काँडेतार लगाएर छेक्ने चेतावनी दिएका थिए । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध आज देशव्यापी रुपमा प्रदर्शन गरेको छ ।