लाप्राकमा ‘हिउँ खेल्न’ गएका दुई किशोर मृत भेटिए
गोरखा/‘हिउँ खेल्न’ गएका गोरखा बारपाकका दुई किशोर मृत भेटिएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् । उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।
करण र सञ्जय गएको माघ २० गते बिहान १० बजेतिर हिउँ खेल्न भन्दै घरबाट लाप्राकतर्फ गएका थिए ।