नव निर्वाचित सांसद भुवन सुनार सम्मानित

चितवन – गण्डकी प्रदेशकाे तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सांसद भुवन सुनारलाई चितवनका दलित संघ संगठनले सम्मान गरेका छन् । शुक्रबार एक कार्यक्रमकाे बिच नव निर्वाचित सांसद सुनारलाई सम्मान गरिएकाे हाे । समाज कल्याण संघ नारायणगढकाे सभा हलमा भएकाे कार्यक्रममा दलित संघ संगठनका प्रतिनिधिहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । साे सम्मान कार्यक्रममा बाेल्दै सांसद सुनारले दलित समुदायकाे हक अधिकार र साे समुदाय माथि हुने गरेकाे विवेदजन्य घटनाका विरूद्ध आफू संसदमा लड्ने र आवश्यक परे सडकमा आएर आन्दाेलन गर्न पनि पछि नपर्ने बताए । लामाे समय देखि राजनितिमा लागेका सांसद सुनार माओवादी केन्द्र गण्डकि प्रदेश दलित क्लस्टरबाट  सांसद निर्वाचित भएका हुन् ।