देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थाल्यो

काठमाण्डौ/पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।

जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।

आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने हुँदा तापक्रम बढ्ने मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हटी घाम लाग्ने उहाँको भनाइ छ ।