चितवनमा घरेलु हिंसाका घटना गत वर्षको तुलनामा यस वर्ष दोब्बर बढी
प्रतिमा कुमाल
चितवन/ चितवनमा घरेलु हिंसाका घटनाहरुमा हरेक वर्ष वृद्धि हुँदै गएको छ ।
यो आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक गत वर्षको भन्दा झण्डै दोब्बर बढी देखिएपछि घरेलु हिंसाका घटना भयाबह बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ २५ गते सम्म २५९ वटा घरेलु हिंसाको मुद्दा दर्ता भएको छ । जसमा सबै भन्दा धेरै कुटपिटमा १२५ वटा, खान लाउन नदिएको ६८ वटा, गाली बेइज्जतीमा ६६ वटा उजुरी रहेका छन् । घरेलु हिंसा सम्बन्धी परेको निबेदन संख्यामध्ये आधा भन्दा धेरै उजुरी मिलापत्र भएको छ । जसमा १८१ उजुरी रहेको छ । ५४ वटा मुद्दा अदालती प्रकृयामा गएको छ । २२ वटा उजुरी उपर काम भइरहेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७६्०७७मा ८४ र आब २०७७्०७८ मा १५४ वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०६६ भन्दा २०७७ मा झण्डै दोब्बर भएको घरेलु हिंसा अहिलेको आर्थिक वर्षको आठ महिनामा नै झण्डै दोब्बर वृद्धि भएको छ । विगत दुई आर्थिक वर्षसँगै चालु आर्थिक वर्षको घरेलु हिंसाको तथ्याङ्कलाई तुलना गर्दा महिलामाथि हुने घरेलु हिंसा बढेको तथ्याङ्कले पुष्टि गरेको छ ।
यसै समयमा जीउधनको सुरक्षा माग गर्दै १३८ जनाले निवेदन दिएका थिए । जसमा १३० वटामा मिलापत्र र ८ वटा बाँकी रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । आब २०७६्०७७मा १२३ र आब २०७७्०७८ मा ३२३ वटा उजुरी परेका थिए ।
कोरोनाभाइरस ९कोभिड–१९० का कारण जनचेतनामूलक कार्यक्रम र प्रहरी परिचालन निस्कृय हुँदा चितवनमा घरेलु हिंसा बढेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवन अन्तरगत रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र ९महिला सेल०की प्रहरी निरीक्षक कल्पना नरालले महिलामाथि हुने हिंसा बढ्दो क्रममा रहेको बताएकी हुन् ।
कोरोनाले गर्दा हिंसा विरोधी सचेतनामूलक कार्यक्रमहरु हुन नसकेकाले हिंसा बढेको उनको भनाइ छ । आम्दानीको स्रोत ठप्प छ । रोजगारी गुमेको छ । बैंकमा ऋण थपिएको छ । व्यवसाय, उद्योग ढुब्ने अवस्थामा छ । कतिको बन्द नै भइसक्यो । कोरोनाले मानिसलाई सोसल मिडिया तिर घकेलेको छ । चाहिने नचाहिने हेरेको छ । कोरोनाले मानसिक तनाव बढाएको छ । जसले हिंसा बढाएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयले बारम्बार सचेतनामूलक कार्यक्रम गर्न आदेश दिए पनि गर्न नसकेको नरालले स्वीकार गरेकी छन् । प्रदेश कार्यालयले प्रभावकारीरुपमा कार्यक्रम गर्न भनेको छ । भीडभाडबाट नै कोरोना सर्ने हुँदा भेला गरेर कार्यक्रम गर्न सकेका छैनौं । विगतमा घर घरमा गएर महिलाहरुसँग सोधपुछ गरेको बताइन् । उनले जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको स्मरण गरिन् । कोरोनाको कहरकाबीच सक्रियरुपमा कार्य क्षेत्रमा प्रहरी नखटिएकोले महिला सेलको ढोका सधै खुला रहेको उनको भनाइ थियो । घर परिवार तथा अन्यबाट हिंसाभएको अनुभव भए तुरुन्त जिल्ला प्रहरी वा नजिकको प्रहरी कार्यालय जान आग्रह गरेका छन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितको संरक्षण र सुरक्षा न्यायको लागि प्रहरी कार्यालयहरुमा छुट्टै कक्षको स्थापना गरिएको छ ।
जसले उनीहरु माथि भएको हिंसा, दुव्र्यवहारको न्यायप्राप्तीका लागि सहयोग गर्दछ । यी कक्ष निष्क्रिय हुनाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहित तथा न्याय प्राप्तिको विषय ओझेलमा पर्ने सम्भावना रहन्छ ।