चितवनका विद्यार्थीहरुलाई आजदेखि खोप लगाइदै
चितवन/चितवनका विद्यालयमा अध्यनरत विद्यार्थीलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ ।
विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउनको लागि चितवनमा ११४ वटा केन्द्र तोकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विद्यालयले तोकिएको खोप केन्द्रमा तालिका हेरी जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्रसहित उपस्थित भएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन सहज होस् भनेर स्वास्थ्य कार्यालयले खोप केन्द्रको सम्पर्क व्यक्तिको टेलिफोन नम्बर पनि उपलब्ध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण बन्द रहेका सम्पूर्ण विद्यालय यही माघ १६ गतेबाट २० गतेसम्म खुलाएर खोप अभियान सुरु गर्ने बताएको थियो । तर, चितवनका विद्यालयमा भने मन्त्रालयले तोकेको भन्दा केही समयपछि मात्रै खोप अभियान सुरु हुन लागेको छ ।