इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव माओवादी निकट विद्यार्थी संगठनद्धारा टायर बालेर प्रदर्शन

काठमाडौं/विप्लव माओवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् ।
बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो।

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य हो।