चैत मसान्तसम्म ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप ल्याउने तयारी
काठमाण्डौं/५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सरकारले खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । सरकारले अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको फाइजर खोप ल्याउनका लागि प्रक्रिया सुरु गरेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले चैत मसान्तसम्म ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप आइसक्ने बताउनुभयो । उहाँले हिजो र अस्ति गरी आएको मोडर्नाको २३ लाख ४० हजार मात्रा खोप भने १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई लगाइने जानकारी दिनुभयो । चौरसियाले हाल जारी खोप अभियान अन्तर्गत नै पठाइने र पहिलो मात्रा लगाएकालाई पहिलो मात्रा र दोस्रो मात्रा लगाउनेलाई दोस्रो मात्रा लगाइने पनि बताउनुभयो ।