पछिल्लो २४ घण्टामा चितवनमा १८८ जनामा कोरोना संक्रमण

चितवन/पछिल्लो २४ घण्टामा चितवनमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिकामा १२२ जना, खैरहनी नगरपालिकामा ११ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगर नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा १२ जना र कालिका नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार २३८ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा चार हजार १९५ जना र अस्पतालको आइसोलेसनमा ४३ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ४४० जनाले ज्यान गुमाएका छन् ।