आज चितवनका २६७ जनामा कोरोना संक्रमण

चितवन/आज चितवनमा २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा १ सय ७५ जना, खैरहनी नगरपालिकामा १६ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा सात जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामना गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार २५० जना पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ३८ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ४४० जनाको मृत्यु भएको छ ।