भारतको काश्मिरमा प्रहरी र आतङ्कवादीबीच झडप, ५ जनाको मृत्यु

काठमाण्डौं/भारतको काश्मिरमा प्रहरी र आतङ्कवादी समूहबीच भएको दुई तर्फी झडपमा ५ जनाको मृत्यु भएको छ ।
काश्मिर क्षेत्रीय प्रहरीका अनुसार गयराति अबेरसम्म भएको झडपको क्रममा ५ जना आतङ्कवादीको मृत्यु भएको हो । प्रहरीले गरेको ट्वीटमा पाकिस्तान प्रायोजिक आतङ्की सङ्गठन लश्कर–ए–तायबा र जैश–ए–मुहम्मदका ५ जनाको मृत्यु भएको हो ।
मारिएका आतङ्कवादीमध्ये जैश–ए–मोहम्मदका कमान्डर जाहिद वानी र अन्य पाकिस्तानी चरमपन्थी रहेको पनि प्रहरीले जनाएको छ ।