आज सहिद दिवस
काटमाण्डौं/आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गतेका दिन मनाइने दिवसको अवसरमा आज पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन समर्पण गर्ने सहिदको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ ।
वि.सं. २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।