जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवा दिने
भरतपुर/आइतबारदेखि जिल्ला प्रशासन कार्यालय चितवनले दिने सेवा सुचारु गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले आइतबारदेखि सेवा सुचारु हुने जानकारी गराएको हो ।
कार्यालयको विभिन्न फाँटका कर्मचारीमा कोभिड–१९ पुष्टि भएपछि माघ ७ गतेदेखि १४ गतेसम्म केहि सेवाहरु स्थगित गरिएको थियो । आइतबारदेखि नियमित सेवा सुचारु हुने भएको हो ।
सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने कार्यालयले जनाएको छ । अति आवश्यक परेका सेवाग्राहीहरुले आफ्नो साथमा खोप कार्ड अनिवार्य बोक्न (मोबाइलमा फोटो भएपनि) आग्रह गरिएको छ ।